बेलझुन्डीस्थित कोरोना अस्पतालमा थप दुई संक्रमितको मृत्यु

पिपलबाेट संवाददाता


कोरोना विशेष अस्पताल बेलझुन्डी दाङमा आइतबार दुई कोरोना संक्रमितको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१५ का ७७ वर्षीय पुरुषको बिहान मृत्यु भएको हो ।

वैशाख १२ गते अस्पताल ल्याइएका उनको वैशाख १२ गतेदेखि उपचार भइरहेको थियो । अस्पतालका अनुसार उनलाई निमोनियासमेत भएको थियो ।

यसैगरी तुलसीपुर उपमहानगरपालिका ९ का ४८ वर्षीय पुरुषको आइतबार दिउँसो मृत्यु भएको छ । अस्पतालका व्यवस्थापक दोर्ण वलीका अनुसार शनिबार मात्रै अस्पताल पुर्‍याइएका उनको एचडीयू बेडमा राखेर उपचार भइरहेको थियो ।

१९ बैशाख २०७८ मा प्रकाशित
Nabintech