उद्योग बाणिज्य संघद्धारा कोहलपुर नगरपालिकालाई अक्सिजन सिलिण्डर हस्तान्त्रण

पिपलबाेट संवाददाता


कोहलपुर उद्योग बाणिज्य संघले कोहलपुर नगरपालिकाले संचालनमा ल्याएको कोभिट अस्थाई अस्पतालको लागी आवश्यक पर्ने अक्सिजन ग्यास हस्तान्त्रण गरेको छ ।
कोहलपुर उद्योग बाणिज्य संघको टोलिले ४७ केजी तौल भएको ७ सिलिण्डर अक्सिजन ग्यास कोहलपुर नगरपालिका का मेयर र उपमेयर लाई हस्तान्त्रण गरेका थिए । हस्तान्त्रण गदै कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण राज पौडेलले अहिले देशमा आएको महाविपतिमा सवै क्षेत्र एक भएर विपतिको समाना गनुपर्ने वताए । आफुहरुले कोभिट अस्पतालको लागी आवश्यक पर्ने अक्सिजन उपलव्ध गराउन बाणिज्य संघ सधै तयार रहेको वताए ।
हस्तान्त्रण कार्यक्रमा कोहलपुर नगरपालिका मेयर लुट वहादुर रावतले विश्व भरी एकै साथ फैलिएको कोरोना भाईरसका कारण कोहलपुर नगर क्षेत्र पनि अछुतो हुन सकेन यस्तो समयमा जनताहरुलाई कसरी सुरक्षित राख्ने र कसरी सहज उपचार गर्ने वतावरण मिलाउने भन्ने चिन्ता रहेको समयमा कोहलपुर उद्योग बाणिज्य संघले ७ सिलिण्डर अक्सिजन ग्यास सहयोग गरेर आफुहरुलाई ठुलो गुण लगाएको वताए ।
सवै सुरक्षित रहन माक्स , सेनिटाईजर को प्रयोग गर्ने र घर बाहिर अति आवश्यक काम बाहेर ननिस्कन रावतले आग्रह समेत गरे । अहिले यस्तो अवस्थामा आफु कसरी सुरक्षित रहने भन्ने आफैले ध्यान पु¥याउन आवश्यक रहेको वताए ।


मेयर रावतले कोहलपुर क्षेत्रका आम उद्योगी व्यापारी ,समाजसेवी ,शिक्षा प्रेमी, विभिन्न संघ संस्थालाई यो महाविपतिको समयमा सवैको सहयोगका लागी आभाण गरे । अहिलेको कोरोना भाईरस पहिलाको भन्दा धेरै जटिल खालको भएकोले यस वाट वच्चन र वचाउन समस्या रहेको वताए । साथै आफुहरुले कोहलपुरमा ७५ सैयाको आईसुलेसन वार्ड वनाई सकेको र अझै थप गर्ने प्रयासमा रहेको वताए ।
हस्तान्त्रण कार्यक्रमा कोहलपुर नगरपालिका उपमेयर सन्जु कुमारी चौधरीले कोरोनाका कारण जनतामा पर्न गएको समस्यालाई सवै क्षेत्रको सहयोग वाट मात्र समाधान गर्ने सकिने भएकोले यस्ता खालका सहयोगी हात हरुको आवश्यकता भएको वताईन । सवैको सानो सहयोग पनि ठुलो हुन सक्ने भएकोले सवैलाई आफु सक्दो सहयोग गर्ने अनुरोध समेत गरीन् । हस्तान्त्रण कार्यक्रमा कोहलपुर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रदिप भट्टराई , उप महासचिव दिपक भण्डारी , कोहलपुर स्वास्थ्य कार्यालयका निमित प्रमुख अनिल सिंह ठकुरी लगाएको सहभागिता रहेको
थियो ।

१९ बैशाख २०७८ मा प्रकाशित
Nabintech