कोभिडबाट मृत्यु भएका परिवारलाई कर्णाली सरकारले एक लाख रुपैयाँ दिने

पिपलबाेट संवाददाता


कर्णाली प्रदेशका कोभिड–१९ बाट मृत्यु भएका परिवारले राहत पाउने भएका छन्। कर्णाली प्रदेशको वैशाख १७ गते बसेको मन्त्रिपरिषदको वैठकले कोभिडबाट मृत्यु भएका परिवारलाई प्रतिमृतक एक लाख रुपैयाँ दिने निर्ण गरेको हो।

सामाजिक विकास मन्त्रालयसँग समन्वय गरी आवश्यक कार्यविधि, मापदण्ड, आधार बनाएर कोभिडबाट मृत्यु भएका परिवारलाई राहत दिने निर्णय गरिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला मन्त्री विमला केसीले जानकारी दिनुभयो ।

यस्तै कर्णाली प्रदेशको जिल्लाका अस्पताललाई कोभिड–१९ नियन्त्रणका लागि बजेट दिने निर्णय मन्त्रिपरिषदले गरेको छ। एक जिल्लामा एक करोड रूपैयाँका दरले बजेट दिईने मन्त्री केसीले बताउनुभयो ।

२० बैशाख २०७८ मा प्रकाशित
Nabintech