बाणिज्य संघद्धारा ईलाका प्रहरी कोहलपुरलाई स्वास्थ्य समाग्री हस्तान्त्रण

पिपलबाेट संवाददाता


विश्वब्यपी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट कोरोना भईरस (कोभिड –१९) लाई मध्यनजर गर्दै कोहलपुर उद्योग बाणिज्य संघले ईलाका प्रहरी कार्यालय कोहलपुरलाई स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको छ ।
कोहलपुर उद्योग बाणिज्य संघले सेनिटाईजर ५ लिटर ,थर्मगन १थान ,माक्स २५० थान ,फेससिल्ड २० थान र ग्लोव्स २ पाकेट हस्थान्त्रण गरिएको कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण राज पौडेलले जानकारी गराए । यस्तै संघले यो भन्दा पहिला पनि समाजिक काम गदै आएको थियो । कोहलपुर नगरपालिकाले संचालनमा ल्याएको कोरोना अस्थाई अस्पतालको लागी ७ सिलिन्डर अक्सिजन ग्यास पनि नगरपालिका लाई हस्तान्त्रण गरेको थियो ।


हस्तान्त्रण गदै संघका अध्यक्ष पौडेलले २४ घण्टा जनाताको सहयोग र शान्ती सुरक्षाको लागी खटिएका सुरक्षा कर्मीहरुको दैनिक काममा सहयोग पु¥याउनको लागी थोरै मात्रामा स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको पौडेलले वताए ।
हस्तान्त्रण गरिको सामाग्री गह्रण गदै ईलाका प्रहरी कार्यालयका कोहलपुरका प्रमुख रविन्द्र खनालले बाणिज्य संघले दैनिक रुपमा फिल्डमा जाने प्रहरी कर्मचारिको लागी स्वास्थ्य सामाग्रीको अभावलाई केहि मात्रामा भएपनि सहयोग पुगेको वताए ।
दैनिक रुपमा फिल्डमा खटिने सुरक्षा कर्मीहरुलाई पनि कोरोना आक्रमणबाट वचाउने स्वास्थ्य समाग्रीको अभाव हुदै आएको अवस्थामा विभिन्न संघ संस्थाले गरेको सानो सहयोग आफुहरुको लागी ठुलो हुने खनालले वताए । यस्तै खनालले भने ‘समाजिक दुरी कायम गरौँ, घरमै बसौँ आफु पनि बचौँ, अरुलाई पनि बचौँ, मस्कको प्रयोग गरौँ र साबुन पानीले हात धोवौँ, हात मिलाउने ठाउँमा नमस्कर गर्ने बानी बसालौँ,
हस्तान्त्रण कार्यक्रमा कोहलपुर उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष चण्डी प्रसाद गैरे , बाणिज्य संघका कार्यसमिति सदस्य यज्ञ प्रसाद सुवेदि लगाएको सहभागिता रहेको थियो ।

२१ बैशाख २०७८ मा प्रकाशित
Nabintech