अटो व्यवसायीहरुको मनपरी प्रतिकिलो मिटरको १ सय भाडा

पिपलबाेट संवाददाता


दोश्रो चरणको कोरोना भाइरसको संक्रमणका कारण देशभरका विभिन्न जिल्लाहरु बन्दाबन्दी गरिएको छ । बाँकेको कोहलपुरमा पनी कोरोना भाइरसको संक्रमण दर र मृत्यु दर दिनप्रतिदिन बढेपछी (बन्दाबन्दी) लकडाउन गरिएको छ ।
बन्दाबन्दीको मौका छोपेर यखिखेर कालाबजारी ह्वातै बढेको छ । एकातर्फ अटोव्यवसायीहरुले प्रतिकिलोमिटरको १ सय देखी २ सय सम्म भाडा चर्को रकम असुली धन्दामा लागेका छन् । प्रशासनले पूर्ण रुपमा सवारी साधनहरु बन्द गर्ने निर्देशन दिएतापनी लुकीछिपी अटोरेक्सा चालकहरुको मनपरी कोहलपुरमा तिव्र रुपमा बढेको छ । आपतकालिन समयमा सेवागाह्रीले अटोरिक्सामा महंगो भाडा तिरेर जानुपर्ने बाध्यता सिर्जना भएको छ ।
कोहलपुर क्षेत्रमा बढिरहेको कालोबजारी र अटो चालकको असुली धन्दाले सम्वन्धीत सरोकारवालालाई जिस्काइरहेको छ । हाल कोहलपुर क्षेत्रमा १ ठाँउबाट अर्को ठाँउमा आपतकालिन समयमा औषधी उपचारका लागि जानुपरेमा ५ सय देखी ६ हजार सम्म अटोभाडा तिर्नुपरेको कोहलपुर नगरपालिका वडा नंं २ का जय बहादुर वि.क. बताउछन् ।
यतिमात्र हैन साँझको समयमा अलपत्र परेका यात्रुहरुबाट आफुले सोचेअनुसारको भाडा नपाएसम्म अटोचालकहरुले सेवा समेत दिदैनन् । बन्दाबन्दीको समयमा कोहलपुर क्षेत्रमा लुकीछिपी अहिले पनी दैनिक अटोरेक्सा संचालनमा आएका छन् । कोरोना भाइरसका कारण भएको लकडाउने अटोरेक्सा चालकहरु जोखिम मोलेर पनी कालो धन्दा गर्नमा लागी परेका छन् ।

२१ बैशाख २०७८ मा प्रकाशित
Nabintech