बाँकेमा आजपनि ठूलो संख्यामा संक्रमित थपिए,

पिपलबाेट संवाददाता


बाँकेका दुईवटा ल्यावमा गरिएको पीसीआर परीक्षणमा थप ६०४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । त्यसमा बाँकेका मात्रै ५२१ जना छन् ।

भेरी अस्पताल नेपालगन्ज ल्यावमा ६२५ नमुना परीक्षण गर्दा ३९४ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यसमा ३४२ जना छन् । यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा २९९ नमुना परीक्षण गरिएकोमा २१० जनामा भाइरस संक्रमण देखिएको छ ।

बाँकेका मात्रै १७९ जना रहेका छन् । जिल्लामा आज ५२१ संक्रमित थपिदा ३४२ जना डिस्चार्ज भएका छन । १६० महिला र १८२ पुरुष डिस्चार्ज भएका हुन् ।

२१ बैशाख २०७८ मा प्रकाशित
Nabintech