कोहलपुर उद्योग बाणिज्य संघले कोहलपुर नगरपालिकाद्धारा संचालित कोभिड अस्थाई अस्पताललाई पुर्ण १० थप अक्सिजन सिलिन्डर हस्तान्त्रण गरेको छ ।
कोहलपुर उद्योग बाणिज्य संघले नगरपालिकाले संचालन गरेको अस्थाई कोभिड अस्पतालको आवश्यक पर्ने अक्सिजन बाणिज्य संघले दिने संघका अध्यक्ष लक्ष्मण राज पौडेलले वताए ।
कोहलपुर उद्योग बाणिज्य संघले अहिले सम्म १८वटा ४७किलोका सिलन्डर हस्तान्त्रण गरिएको पौडेलले वताए ।कोहलपुर नगरपालिकाकी उपमेयर सन्जु कुमारी चौधरीले हस्तान्त्रण गरिएका उक्त सिलिन्डरहरु गह्रण गर्दै कोहलपुर उद्योग बाणिज्य संघले यो महामारीको समयमा स्थानिय सरकारलाई गरेको सहयोग को उच्च मुल्याङ्कन हुने वताईन । यसले कोरोना संघ लडाई गरिरहेका नगर बासी विरामीको उपचारमा ठुलो सहयोग पुगेको वताईन ।
हस्तान्त्रण कार्यक्रमा कोहलपुर उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष चण्डी प्रसाद गैरे , कार्य समिति सदस्य यज्ञ प्रसाद सुवेदि लगाएको उपस्थिति रहेको थियो ।