बादलविरुद्ध कांग्रेस–माओवादीले देवकोटालाई उमेदवार बनाउने

पिपलबाेट संवाददाता


प्रतिपक्षी नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले वाग्मती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा डा. खिमलाल देवकोटालाई साझा उमेदवार बनाउने भएका छन् ।

बुधबार देवकोटालाई उमेदवार बनाउने निर्णय भएको माओवादीका राष्ट्रियसभा संसदीय दलका नेता दीनानाथ शर्माले जानकारी दिए । सत्तारुढ दल नेकपा (एमाले)ले भने गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई नै उमेदवार बनाउने तयारी गरेको छ । तर, औपचारिक निर्णय भने गरिसकेको छैन ।

बादल एमाले प्रवेश गरेपछि माओवादीले कारबाही गर्दा रिक्त भएको पदमा आउँदो जेठ ६ गते उपनिर्वाचन हुन लागेको हो ।

२२ बैशाख २०७८ मा प्रकाशित
Nabintech