विश्व भरी फैलिएको कोभिड भाईरसका कारण बाँके जिल्ला आक्रान्त भएको छ यसलाई मध्य नजर गरेको कोहलपुर उद्योग बाणिज्य संघले कोहलपुरमा कोभिड संक्रमितलाई विरामीहरु सहयोग हुने गरेर निशुल्क एम्बुलेन्स सेवा संचालन गरेका छ ।
कोहलपुर उद्योग बाणिज्य संघले कोहलपुर नगरपालिकालाई पटक पटक गरेर विभिन्न सहयोग गदै आएको छ । १८वटा ४७किलोका अक्सिजन सिलिन्डर , एम्बुलेन्स र ईलाका प्रहरी कार्यालयलाई स्वास्थ्य सामाग्री सहयोग गदै आएको छ ।
कोहलपुर उद्योग बाणिज्य संघले र कोहलपुर नगरपालिकाको समन्वयमा एम्बुलेन्स संचालन हुने भएको छ । कोहलपुर नगरपालिकाले संचालनमा ल्याएको कोभिड अस्थाई अस्पतालमा २४ घण्टा स्टेन बाई राखिने व्यवस्था मिलाईएको छ ।
एम्बुलेन्स संचालनको जानकारी गराउदै कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले आफुहरुले विभिन्न संचार माध्यममा र सामाजिक संजालमा कोभिडका विरामीहरुले एम्बुलेन्स नपाएको भन्ने समाचार आउन थाल्य पछि कोहलपुरमा यस्तो हुन नदिन र विरामीले एम्बुलेन्स नपाएर ज्यान गुमाउनु नपरोस भनेर निशुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याएको वताए ।
त्यहि क्रमका कोहलपुर नगरपालिकाका मेयर लुट वहादुर रावतले कोहलपुर उद्योग बाणिज्य संघले यस्तो विपतको समयमा विभिन्न किसिमका सहयोग गरेकोमा धन्यवाद दिए । यस्तै नगर प्रमुख रावतले कोहलपुर नगरपालिकाले कोहलपुर बासिको स्वास्थ्यको लागी संवेदनशिल भएकाले होम आईसुलेसनमा बसेका कोभिड पोजेटिभ विरामीहरुले कोहलपुर स्वास्थ्य शाखाको सम्र्पकमा रहेर बस्न समेत आग्रह गरे । अहिलेको यस्तो महामारीमा सवै नगरबासीले आफनो ठाँउ बाट सहयोग गर्ने समेत आभान गरे ।
सेवा संचालनको जानकारी गराउन कोहलपुर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रदिप भट्टराई संघका महासचिव मात्रिका सापकोटा , उप महासचिव दिपक भण्डारी , सदस्य यज्ञ सुवेदी , कार्यालय प्रमुख मदन लम्सालको उपस्थिति रहेको थियो ।