नक्कली रेम्डेसिभिर औषधि विक्री गर्ने गिरोह पहरी फन्दामा

पिपलबाेट संवाददाता


नक्कली रेम्डेसिभिर औषधि विक्री गर्ने गिरोहलाई विराटनगरमा प्रहरीले पक्राउ गरेको छ ।कोरोना संक्रमितको उपचारमा प्रयोग गरिने रेम्डेसिभिर भनी अर्कै औषधि बिक्री गरेको पाइएपछि उक्त गिरोहलाई प्रहरीले पक्राउ गरेको हो ।

नक्कली रेमडिसिभिरको कारोबार गरेको आरोपमा विराटनगरको साथी फार्मेसी सञ्चालक सोनु आलम पक्राउ परेका मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताउनुभएको छ । उक्त गिरोहले कोरोनाको औषधि रेमडेसिभिरको नक्कली स्टिकर टाँसेर बिक्री गर्दै आएको थियो ।

प्रहरीले दिउँसो करिब १ बजे सोनु आलमलाई औषधि पसलबाट स्टासेफ औषधिको ४ वटा बट्टा सिसी र रेमडेसिभिरको १ बट्टा सिसी सहित पक्राउ गरेको थियो।गिरोहले ‘स्टासेफ’ औषधिमा रेमडिसिभिरको स्टिकर लगाएर बिक्री गर्दै आएको प्रहरीको भनाइ छ ।

दुईवटै औषधिको बोतलको आकार उस्तै छ । होटल भाडामा लिएर गिरोहले स्टासेफ औषधिको बट्टामा रेमडिसिभिरको खोल र स्टिकर प्रयोग गरेर बिक्री गर्दै आएको प्रहरी स्रोतको दाबी छ ।कोरोना संक्रमण बढेसँगै रेमडेसिभिर विक्री गर्ने गिरोह नै परिचालित भएको प्रहरीको आशंको छ।

उनीहरूले अस्पतालका विभिन्न औषधि पसलमा सम्पर्क गर्दै नक्कली औषधि संक्रमितका बिरामीलाई दिएर रकम असुल्ने गरेको पाइएको छ।

 

२४ बैशाख २०७८ मा प्रकाशित
Nabintech