शुक्रबार ९ हजार बढीमा संक्रमण पुष्टि, ५० जना संक्रमितको मृत्यु

पिपलबाेट संवाददाता


शुक्रबार देशभर ९ हजार १९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ४८२ जनाको परीक्षण गर्दा उनिहरुमा संक्रमण पुष्टि भएको हो ।

गएको २४ घण्टामा ९ हजार २३ पीसीआर परीक्षण र १७३ एन्टिजेज परीक्षण गरिएको हो । नेपालमा अब कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको कुल संख्या ३ लाख ७७ हजार ६०३ पुगेको छ ।

सोही अवधीमा देशभर संक्रमणबाट निको भएर २ हजार ९०५ जना डिस्चार्ज भएका छन् । हालसम्म संक्रमण मुक्त भएर डिस्चार्ज हुनेहरुको संख्या २ लाख ९५ हजार ३९५ पुगेको छ ।

संक्रमणकै कारण गएको २४ घण्टामा ५० जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेहरुको कुल संख्या ३ हजार ५७९ पुगेको छ ।

देशभर हाल कोभिडका ७८ हजार ६२९ सक्रिय संक्रमित स्वास्थ्य लाभ गरिरहेका छन् ।

२४ बैशाख २०७८ मा प्रकाशित
Nabintech