बाँकेमा आज पनि रातभरीमा ५ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । मृतक ५ जना मध्य १ जना बर्दिया र ४ जना नेपालगन्ज उपमहानगरका स्थानीय छन् ।
डीसीसीएमसी बाँकेका अनुसार शनिबार साँझ ६ भेरी अस्पताल पु¥याईएका नेपालगन्ज १२ का ६७ वर्षिय पुरुषको अस्पताल पु¥याएको ४५ मिनेटमै मृत्यु भएको थियो । त्यसैगरि बैशाख २३ गते भेरी अस्पताल भर्ना भएका बर्दिया बढैयाताल ७ का ५२ वर्षिय पुरुषको शनिबार साँझ ७ बजे, २१ गते सोहि अस्पताल भर्ना भएका नेपालगन्ज १ का ६४ वर्षिय पुरुषको शनिबार राती ८ बजे, बैशाख १३ गते मेडिकल कलेज कोहलपुर भर्ना भएका नेपालगन्ज १० की ३८ वर्षिया महिलाको आज बिहान ४ः३० बजे र बैशाख १४ गते भारतको लखिनपुरमा कोरोना पुष्टि भएपछि भेरी अस्पताल नेपालगन्जमा भर्ना भएकी नेपालगन्ज १४ की ३८ वर्षिया महिलाको बिहान ६ः४५ बजे मृत्यु भएको डीसीसीएमसीका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिए ।
आज मृत्यु भएसागै बाँकेमा जिल्ला भित्रका मृत्यु हुनेको संख्या १७४ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएका १३१ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।