कोरोनाबाट सल्यानमा थप एकजनाको मृत्यु

पिपलबाेट संवाददाता


सल्यान : कोरोनाबाट सल्यानमा थप एकजनाको मृत्यु भएको छ। जिल्ला अस्पताल सल्यानमा उपचारर छत्रेश्वरी गाउँपालिका–१ दमाचौरका ६३ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको हो। उनी श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार जिल्ला अस्पताल सल्यानमा भर्ना भएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला अस्पताल सल्यानका मेडिकल अधिकृत डा. भीमकान्त जैसीले बताए। यससँगै सल्यानमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भइसकेको छ।

२५ बैशाख २०७८ मा प्रकाशित
Nabintech