कोहलपुर रेडक्रसद्धारा खानेपानी सहयोग

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा रहेको नेपाल रेडक्र सोसाईटी कोहलपुर उपशाखाले खानेपानीको सहयोग गरेकोछ । विश्व रेडक्रस दिवसको अवसरमा उपशाखाले कोहलपुर नगरपालिकाद्धारा संचालित कोभिड अस्थाई अस्पतालमा रहेको कोरोना संक्रमित र चिकित्सकहरु लागि ५० पेटी खानेपानी सहयोग गरेको नेपाल रेडक्रस सोसाईटी कोहलपुर उपशाखाका कार्यालय प्रमुख लाल बहादुर रानाले बताएका छन् । विशेष गरी कोभिड अस्पतालमा रहेका कोरोना संक्रमित र स्वास्थ्यकर्मीहरुलाई खानेपानीको समस्या समाधान गर्नका लागि सहयोग गरिएको उनले बताएका छन् । सो कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाकाकी उपप्रमुख सञ्जु कुमारी चौधरीले कोरोना भाईरसको नियन्त्रण र यसबाट बच्नका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गर्दै महाविपदमा सबैको सहकार्य आवश्यक रहेको बताएकी छिन् । आपद विपदको साथी रेडक्रस भएको बताउँदै खानेपानी सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेकी थिईन् । कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरका सभापति नारायण प्रसाद गौडेलले मानविय सेवामा रेडक्रसले सबैसँग सहकार्य गरिरहेको जानकारी दिँदै आपद विपदमा रेडक्रसले आफ्ना विभिन्न गतविधिहरुबाट सहयोग गरिरने बताएका छन् । यसका साथै नेपाल रेडक्रस सोसाईटी कोहलपुर उपशाखाले मास्क वितरण, मास्क खोइ सचेतना अभियान , कोहलपुर नगरपालिका र कोहलपुर उधोग वाणिज्य संगको सहकार्यमा कोभिड बिरामीका लागि दुई वटा एम्बुलेन्स संचालन गरिरहेको कार्यालय प्रमुख रानाले बताएका छन् ।

२५ बैशाख २०७८ मा प्रकाशित
Nabintech