मनपरी रुपमा अक्सिजन बिक्री वितरणमा रोक

पिपलबाेट संवाददाता


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य आपतकालिन तथा विपत व्यवस्थापन इकाईले अक्सिजन भर्ने सम्वन्धमा रोक लगाएको छ । कोरोना भाइरसका कारण संक्रमित बिरामीहरुका लागि अक्सिजन अभाव भएकोले थप व्यवस्थापन बनाउनका लागि अक्सिजन उत्पादन प्रालिलाई अक्सिजन मनपरी रुपमा बिक्रि वितरणमा रोक लगाएको छ । उक्त कार्यमा अटेरी गरी बिक्रि वितरण गरेको पाइएमा नियमानुसार कारवाही हुने समेत पत्रमा उल्लेख गरिएको छ । पछिल्लो समयमा कारोना भाइरसको संक्रमण दर वृद्धि संगै संक्रमित बिरामीहरुलाई अक्सिजनको अभाव भइरहेको बेला अक्सिजन खरिद बिक्रिमा समेत कालोबजारी हुँदै आइरहेको खबरहरु समेत बाहिरिएका छन् । उक्त अक्सिजन खरिद बिक्रि र अक्सिजन उत्पादन तथा भर्ने झण्डै १ दर्जन प्रालिलाई पत्राचार गरेको हो ।

२६ बैशाख २०७८ मा प्रकाशित
Nabintech