कोरोना भाईरस संक्रमणबाट बाँकेमा वडा सदस्यको निधन

पिपलबाेट संवाददाता


बाँकेको राप्ती सोनारी गाउँपालिका वडानम्बर – ६ का वडा सदस्य तारा प्रसाद कसेराको आज ४९ बर्षको उमेरमा निधन भएको भएको छ ।वडा सदस्य कसेरा विगत दुई हप्ता बढि समयदेखि अस्वस्थ रहनुभएको र कोरोना भाईरस संक्रमण पुष्टि भएपछि एक हप्ता अघि मात्र नेपालगञ्जको भेरी अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो ।

उहाँको उपचारकै क्रममा आज दिउँसो दुई बजेतिर मृत्यु भएको राप्ती सोनारी- ७ का वडा अध्यक्ष रामलखन थारुले जानकारी दिनुभयो ।उहाँको निधनपछि राप्तीसोनारी गाउँपालिका शोकमा डुबेको छ । यस्तै भेरी अस्पतालमा उपचारकै क्रममा राप्ती सोनारी- २ का अर्का एकजना पुरुषको पनि कोरोना भाईरस संक्रमणका कारण आज मृत्यु भएको राप्ती सोनारी गाउँपालिका स्वाथ्य शाखा प्रमुख सुरेश शर्माले जानकारी दिनुभएको छ । यसैविच राप्ती सोनारीमा एन्टीजेन मार्फत कोरोना परिक्षणको तयारी भईरहेको स्वाथ्य प्रमुख शर्माले बताउनु भयो । पीसीआर परिक्षणको रिपोर्ट ढिला आउने भएकोले एन्टीजेन परिक्षण गर्नलागेको उहाँले बताउनुभयो । २ सय ५० वटा किट गाउँपालिकामा आईसकेको बताउँदै उहाँले कोरोना भाईरस संक्रमणको लक्षण देखिएका, र संकाशपद विरामीको एन्टीजेन परिक्षण गर्ने तयारी गरिएको उहाँले जाकारी दिनुभयो ।

२६ बैशाख २०७८ मा प्रकाशित
Nabintech