बाँकेको खजुरा गाउँपालिका वडा नं ६ का वडा सचिवको कोरोनाका कारण मृत्यु भएको छ । गाउँपालिकाले आइतबार एक बिज्ञप्ति जारी गर्दै वडा नं ६, उढरापुरका सचिव जीवन सुनारको शनिबार कोरोनाको कारण मृत्यु भएको हो ।
वडा सचिवको मृत्य पश्चात २७ गते शोक बिदा दिएको छ । गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिको अध्यक्षतामा आइतबार बसेको बैठकले २७ गते सोमबार शोक बिदा दिने निर्णय गरिएको छ ।गाउँपालिकामा रहेका स्वास्थ्य संस्था बाहेक अन्य शाखाहरु, वडा कार्यालयहरु र गाउँपालिकाको कार्यालय सोमबार एक दिन बन्द रहने भएको हो ।प्रमुख प्रशासकिय अधिकृत मनिणराम खरालले जारी गर्नुभएको बिज्ञप्तिमा ज्यान गुमाएका सचिव सुनारको चिरशान्तिको कामना गर्दै समबेदना प्रकट गरिएको छ ।
२६ बैशाख २०७८ मा प्रकाशित