वडा नं. ३ले होम आसुलेसन बसेका वडा बासीलाई डाक्टर सहित भेटघाट शुरु

पिपलबाेट संवाददाता


विश्व भरी फैलिएको कोरोना भाईरसका कारण बाँके जिल्ला आक्रान्त भएको छ यसलाई मध्य नजर गरेको कोहलपुर नगरपालिका वडा नं. ३ ले कोरोना पोजेटिभ भएर होम आईसुलेसन वसेका वडा बासीहरुलाई भेटघाट गरेको छ ।


कोहलपुर नगरपालिका वडा नंं . ३ले वडा अध्यक्ष माधव रिजाल ,डा. देवेन्द्र आचार्य, वडा सचिव प्रकाश केसी, स्टाप नर्स अनिता घर्ती ,स्वास्थ्य कार्यालय सहयोगी ज्योती आचार्य नगरपालिकाकै प्रदिप तिमिल्सेना स्थानिय छवि आचार्य लगाएलको टोली कोरोना पोजेटिभ भएर होम आईसुलेसन वसेका वडा बासीहरु घर घर पुगेका थिए ।


वडा नंं . ३ले वडा अध्यक्ष माधव रिजालले भने आफ्नो वडामा अहिले सम्म ५३ जना कोरोना पोजेटिभ हुनुहुन्छ त्यस मध्ये १जना भेरी अस्पतालमा भर्ना हुनुहुन्छ ,१जना मेडिकल कजेज कोहलपुरमा , ३जना कोहलपुर नगरपालिकाको कोभिड अस्थाई अस्पतालमा भर्ना भई उपचार गराई रहेको वताए । आईतबार आफुहरुले १९ घर परिवारलाई भेटघाट गरेको र अन्य घरमा क्रमस जाने रिजालले वताए ।


आफुहरु वडामा रहेका पोजेटिभ विरामिहरुको स्वास्थ्य अवस्था बुझनुको साथै डाक्टरको सल्लाह अनुसार नि शूल्क औषधी वितारण गरिएको वताए ।उनिहरुको ज्योरो ,अक्सिजनको लेवल ,प्रेसर सवै चेक गरिएको डा देवेन्द्र आचार्यले जानकारी गराए । डाक्टर आचार्यका अनुसार एक जना अक्सिजन कम भएको विरामिलाई मेडिकल कलेजमा रिफर समेत गरेको वताए ।


वडा नं. ३का वडा सचिव प्रकाश केसीले वडामा स्वास्थ्यको टोली २४ घण्टा स्टेन वाई राखिएको र कुनै समस्या परेमा वडामा रहेका स्वास्थ्य टोलि ,जनप्रतिनिधि , र वडा कर्मचारीलाई सम्र्पक गरेमा समस्याको निराकरण तथा सहयोग गर्न तयार हरेको वताए ।

२६ बैशाख २०७८ मा प्रकाशित
Nabintech