कोहलपुर जेसीजद्धारा फलफुल वितरण

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिकाद्धारा संचालित कोभिड अस्थाई अस्पतालमा रहेको कोरोना संक्रमित विरामीहरुलाई कोहलपुर जेसीजले फलफुल, अण्डा तथा जुस वितरण गरेको छ । कोरोना भाईरसबाट संक्रमित भई अस्थाई अस्पतालमा भर्ना भएका कोरोना संक्रमितहरुलाई कोहलपुर जेसीजले फलफुल, अण्डा तथा जुस उपलब्ध गराएको कोहलपुर जेसीज वर्ष २०२१ का अध्यक्ष रामप्रसाद पाण्डेयले बताएका छन् । साथै उनले कोरोना भाईरसको महामारीको सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने भन्दै “मानवताको सेवा नै जीवनको सर्वोतम कार्य हो” भन्ने मुलमन्त्रलाई आत्मा साथ गर्दै कोहलपुर जेसीज वर्ष २०२१का उपाध्यक्ष दिपेन्द्र कठायतले आफ्नो जन्म दिनको उपलक्ष्यमा कोहलपुर जेसिज मार्फत अस्थाई अस्पतालमा रहेको कोरोना संक्रमितहरुलाई फलफुल, अण्डा तथा जुस वितरण गरिएको बताएका छन् । कोहलपुर जेसीजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यहरु गरिरहेको बताउँदै अध्यक्ष पाण्डेयले कोरोना भाईरसको महामारीबाट बच्नका लागि स्वास्थ्य मापदण्डको पालना गर्न सबैमा आग्रह समेत गरेका छन् ।

२७ बैशाख २०७८ मा प्रकाशित
Nabintech