नहरमा डुवेर एक युवकको मृत्यु

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिका वडा नं. ४ मा रहेको सिक्टा नहरमा डुवेर एक जना युवकको मृत्यु भएको
छ । वैजनाथ गाउपालिका वडा नं. ६का २२ वर्षका गोपाल गिरीको नहरमा नुहाउने क्रममा मृत्यू भएको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।
कोरोनाको कारण लकडाउन भएको समयमा केहि दिन देखी युवाहरु उक्त ठाउमा नुहाउदै आएको स्थानिय बासीहरुले वताए । दिनभरी विभिन्न ठाँउबाट नुहाउन आउनेहरुको भिडभाड हुने गरेको स्थानिय ले वताए ।

 

२७ बैशाख २०७८ मा प्रकाशित
Nabintech