पीसीआर रिपोर्ट आएको ३० मिनेटमै कोहलपुरकी ३५ वर्षीया महिलाको मृत्यु

पिपलबाेट संवाददाता


कोहलपुर शिक्षण अस्पतालमा थप एकजना कोभिड संक्रमितको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका -८ बाँकेकी ३५ वर्षीया महिलाको आज दिउँसो मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि यहि २४ गते उनी अस्पतालमा भर्ना भएकी थिइन ।

उनको पीसीआर रिपोर्ट आज ३:३० मा पोजेटिभ आएको थियो । उपचारमा रहेकी उनको स्वास्थ्यमा सुधार नआउँदा ४ बजे मृत्यु भएको हो ।

यो संगै बाँकेमा कोभिडबाट मृत्यु हुनेको संख्या १ सय ९२ पुगेको छ।

२७ बैशाख २०७८ मा प्रकाशित
Nabintech