काँग्रेस कोहलपुर–९ का वडा सभापति विष्टको निधन

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिका वडा नं. ९ का वडा सभापति लक्ष्मी प्रसाद विष्टको निधन भएको छ । कोरोना भाईरसका कारण सभापति विष्टको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा निधन भएको हो । विष्टले बैशाखा १५ गते पिसीआर परिक्षण गरी गर्दा संक्रमण पृष्टि भएपछि उनको स्वास्थ्य अवस्थामा समस्या आएपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बैशाख २१ गते भर्ना गरिएको थियो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज ओलीले विष्टको बैशाख ३१ गते साँझ ७ः३० बजे निधन भएको बताएका छन् । विष्टको निधनले काँग्रेसलाई क्षति भएको नेपाली काँग्रेस कोहलपुर नगर सचिव भूम बहादुर भण्डारीले बताएका छन् । काँग्रेस सभापतिको निधनले कोहलपुर काँग्रेसलाई ठुलो क्षति भएको उनले बताएका छन् ।

१ जेष्ठ २०७८ मा प्रकाशित
Nabintech