राप्तीसोनारीका सामुदायिक वनमा काठ तस्करी

पिपलबाेट संवाददाता


राप्तीसोनारी । बाँकेको एउटा सामुदायिक वनमा काटेर राखिएको अबैध सालको गोलिया काठ बेवारिसे अवस्थामा फेला परेको छ ।

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं ६ स्थित सिद्धबाबा सामुदायिक वनमा काटेर राखिएको अबैध सालको गोलिया काठ बेवारिसे फेला परेपछि तस्करहरु सक्रिय रहेको पुष्टि भएको छ ।

शुक्रबार दिउँसो राप्तिसोनारी गाउँपालिका वडा नम्बर ६ मा स्थित वनक्षेत्र भित्र काटेर राखिएको अवस्थामा सालको बेवारिसे गोलिया काठ फेला परेको राप्ती सव डिभिजन वन कार्यालयका रेन्जर दिपबहादुर शाहीले जानकारी दिनुभयो ।

उक्त स्थानबाट सालको ११ थान गोलियाको ७० क्युफुट काठ बरामद गरी थप कारवाहीका लागि डिभिजन बन कार्यालय बाँकेमा पठाइएको शाहीले बताउनुभयो । उहाँका अनुसार काठ तस्करी गर्नेहरुको बारेमा सोधखोज जारी छ ।

डिभिजन बन कार्यालयका डिभिजनल वन अधिकृत राजु क्षेत्रीले उक्त क्षेत्रबाट बरामद गरिएका ११ थान सालको गोलिया काठ वन कार्यालयमा आइसकेको र छानबिन तथा अनुसन्धान पश्चात् क-कस्को संलग्नता भन्ने बारेमा खुल्ने बताउनुभयो ।

१ जेष्ठ २०७८ मा प्रकाशित
Nabintech