मेडिकल कलेजले सिलन्डरको अभावले नया वाड संचालन गर्न सकेन

पिपलबाेट संवाददाता


विश्व भरी फैलिएको कोरोना भाईरसका कारण बाँके जिल्ला आक्रान्त भएको छ । बाँके जिल्लमा हाल दिनहु जसो कोरोना संक्रमितको अक्सिजन नपाई मृत्यूहुने गरेको छ ।बाके जिल्लामा दैनिक १० देखि १२ जना विरामीको कोरोनाका कारण मृत्यू हुनु परेको छ । बाँके जिल्लामा भेरी अस्पताल ,नेपालगन्ज मेडिकल कलेज र युनाईटड अस्पतालमा कोरोनामा विरामीहरुको उपचार भैरहेको छ अस्पतालहरुले अक्सिजनको कमीले गर्दा नया संक्रमितलाई भर्ना लिन मानिरहेका
छैनन् ।


नेपालगन्ज मेडिकल कलेज कोहलपुरले अक्सिजनको अभाव भन्दै नया भर्ना लिन मानेको छैन । कलेजका निर्देशक नतिस कुमार कनोडियाले कलेजमा सवै तलामा अक्सिजाको पाईपहरु भएतापनि अक्सिजन सवै ठाउमा एकै साथ दिनु पर्ने हुदा अक्सिजनको फलो माथिको तलामा नपुग्ने भएकोले विरामी भर्ना लिन समस्या भएकोको वताए । थप वेड संचालन गर्नको लागी १००देखि २०० सिलिण्डर आवश्यकता भएको वताए । समस्या को वारेमा सवै निकायहरुलाई जानकारी गराएतापनि समस्याको समाधान हुन नसकेकोले भर्ना लिन कठिनाई भएको कनोडियाले वताए ।

१ जेष्ठ २०७८ मा प्रकाशित
Nabintech