नवनियुक्त क्याम्पस प्रमुख हमालले गरे पदभार ग्रहण

पिपलबाेट संवाददाता


बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको क्याम्पस प्रमुखमा नवनियुक्त भएका दान बहादुर हमालले पदभार ग्रहण गरेका छन् । आईतबार क्याम्पस प्रशासनको बधाई तथा स्वागत कार्यक्रमपछि हमालले पदभार ग्रहण गरेका हुन् । क्याम्पस प्रमुखको पदभार ग्रहण गर्दै हमालले क्याम्पसको वृहत्तर विकासको लागि आफु दत्तचित्त भएर लाग्ने बताए । क्याम्पसको शैक्षिक सुधार, भौतिक संरचना सहित समग्र विकासको लागि सबै पक्षसंग सहकार्य र सम्वन्य गरेर अगाडि बढ्ने समेत हमालले प्रतिवद्धता व्यक्त गरे । उनले विश्विद्यालयमा भिजन मिशन र गोल सहि रुपमा पेश गरेको क्यूएएलाई आफ्नो पालामा सम्पन्न गर्ने, १३ वटा आफ्ना भिजनलाई क्याम्पसको बृहत्तर विकासको लागि काम गर्ने प्रतिवद्दता समेत विश्वविद्यालय समक्ष पेश गरेकाले यस कार्यमा आफुलाई सहयोग गर्न सम्पूर्ण प्राध्यापक तथा कर्मचारीलाई आग्रह गरेका थिए । साथै उनले “हाम्रो विश्वविद्यालय राम्रो विश्वविद्यालय तथा हाम्रो क्याम्पस राम्रो क्याम्पस, सबैको क्याम्पस” बनाउने काममा लाग्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । उनले अभ्यास समिति प्रमुख, विभागिय प्रमुख तथा दुई कार्यकाल प्राध्यापक संघको सभापति भएर क्याम्पस प्रमुखलाई मागपत्र पेश गर्दा र हाल क्याम्पस प्रमुखमा नियुक्त भएपछि ति मागहरुलाई केलाएको र सबै समस्याहरु नजिकबाट समेत बुझेकोले क्याम्पस प्रति लगाव भएर सबैको साथ तथा सहयोगमा अगाडी बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा निवर्तमान क्याम्पस प्रमुख शिशिर कुमार शर्माले आफु सहायक क्याम्पस प्रमुख हुदै पब्लिक क्याम्पसको क्याम्पस प्रमुखबाट मध्यपश्चिम विश्वविद्यालयको क्याम्पस प्रमुख हुँदा निकै चुनौतिपूर्ण भएपनि आफुले संस्थाको विकासको लागिअहोरात्रलागि परेको र नवनियुक्तक्याम्पस प्रमुखमा त्यो जिम्मेवारी आजकादिनदेखि आएको कुरालाई स्मरण गराउँदै क्याम्पसको बृहत्तर विकासमा लाग्न समेत सुझाव दिएका थिए ।
कार्यक्रममा शिक्षण समिति प्रमुखहरु अनुप शाही, खोपीरामवली क्षेत्री, प्रमोद सुवेदी, लगायतले बधाई तथा धन्यावाद दिएका थिए । कार्यक्रलाई प्रगतिशिलप्राध्यापक संघका अध्यक्ष ज्ञानेन्द्र शाही, प्रजातन्त्रवादि प्राध्यापक संघका सभापति टेकेन्द्र कुमार महतरा तथा नेपाल राष्ट्रिय प्राध्यापक संघका अध्यक्ष ललितप्रकाशचन्द लगायतले शुभकामना दिएका थिए । कार्यक्रम सञ्चालन गर्दै पाठ्यक्रमतथामूल्याङ्कन शिक्षण समितिप्रमुख एकराज शर्माले निवर्तमान क्याम्पस प्रमुख शिशिर कुमार शर्माले १२ घण्टा क्याम्पसमा आफनो समय व्यथित गरेको, प्राध्यापकको हितहुने गरी काम गरेको, राम्रो भौतिकव्यवस्थापन गरेको, पब्लि कक्याम्पसलाई आगिकक्याम्पस बनाउन सफल भएकोमा धन्यावाद दिएको थिए भने नवनियुक्तक्याम्पस प्रमुलाई कुनै संघसंगठनको रंग देखिने गरेर कामनगरी सबैको साझा भएर कामगर्न, क्यूएएलाई सम्पन्नगर्न, आगामीदिनमा अरु नयाँ विषयहरु थपगर्न, विद्यार्थी तथा प्राध्यापकबाट आएका मागहरुलाई तत्काल सम्बोधन गर्न र हाम्रो क्याम्पस राम्रो क्याम्पस बनाउने नारालाई सहजरुमा अगाडी बढाउन शुभकामना दिएका थिए ।
कोभिड १९को महामारीको समयमा पनि नेपालका अन्य विश्वविद्यालय भन्दा फरक गतिमा अगाडी बढिरहेको मध्यपश्चिम विश्वविद्यालयले झन्डै आठ महिना अगाडी गरिएको विभिन्न स्ांकायका डीन, कार्यक्रमका डाईरेक्टर लगायत ९ वटा आंगिक क्याम्पसका क्याम्पस प्रमुखहरुको खुल्ला विज्ञापन गरेको थियो । केहिदिन अगाडीमात्र गरेको प्रकाशित नतिजामा विभिन्न संकायका डीन, कार्यक्रम संयोजक लगायत क्याम्पस प्रमुख नियुक्त गरेको थियो ।

३ जेष्ठ २०७८ मा प्रकाशित
Nabintech