अक्सिजन बोकेर दाङ जाँदै गएको गाडी राप्तीसोनारीमा दुर्घटना

पिपलबाेट संवाददाता


दाङ तुल्सीपुर लागी नेपालगञ्ज प्रहरी अस्पतालबाट अक्सिजन भरिएका सिलिन्डर लिएर जादै गरेको पिक अप गाडी दुर्घटना भएको छ ।
राप्तीसोनारी गाँउपालिका वडा नं. २ मुगुवा खोलामा सवारी दुर्घटना भएको हो । कोहलपुर देखि झन्डै ३० किलोमीटर अगाडि दुर्घटना भएको छ । लु १ च ८८७६ नम्बरको पिकअप गाडीमा २० वटा अक्सिजन भरिएका सिलिन्डर रहेका थिए भने दुर्घटनामा मानविय क्षेती भएको छैन । सोमबार दिउँसो १ बजे दुर्घटना भएको हो ।

 

३ जेष्ठ २०७८ मा प्रकाशित
Nabintech