काण्डैकाण्डमा रुमलिएका कोहलपुरका प्रमुख प्रशासकिय अधिकृत नेपालीको सरुवा


कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छविलाल नेपालीको जाजरकोट जिल्ला समन्वय समितिमा सरुवा भएको छ ।
कोहलपुरमा विभिन्न घटनामा विवादित वन्दै आएका नेपालीले कोहलपुरमा क्रेटा काण्ड ,एसी काण्ड , करार कर्मचारी बढुवा काण्ड,डिपिआर काण्ड रुख कटान काण्ड, वडा नं. ४ मस्जिद काण्ड र बसपार्क काण्ड हुदै विभिन्न निकाय वाट मोटो रकम असुल गरेको श्रोतले वताएको छ ।
नगरपालिकाको सभाले गरेको निर्णय बिपरित आफुखुसि क्रेटा गाडि किनेर कोहलपुरमा चौतर्फी बिरोध भएको थियो ।
यस्तै उनले कोहलपुर नगरविकास समिति भित्र रहेका विभिन्न प्रजातिका करिव ७० लाख वरावका रुखहरु कटान गरी जम्मा १३ लाखमा मिलेमतो दिएकोले ठुलो पैसाको चलखेल भएकोे स्थानियहरुको बुझाई रहेको छ ।
वडा नं. ४ मस्जिद काण्डमा उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासको फैसलाका विपरीत केहि मान्छेलाई खुसी वनाउन जग्गा बाडफाट गरी पुरानो संस्थालाई ओझेलमा पर्ने निर्णय गरेको बुझिएको छ ।


उनले कोहलपुर नगरपालिकाले सोमबारमात्र शिलन्यास गरेको लामो दुरीको बसर्पाक निर्माणको लागी पटक पटक आफू अनुकुल हुनेगरी विभिन्न आसयका टेण्डर आहवान गरेर मोटो रकमको आउने आसाले टेण्डर सदर गरेको केहि ठेकेदारले बताएका छन् ।
उनले यस्तो कोरोनाको महामारीको समयमा नगरवासी जनताले स्वास्थ्य उपचार सहज रुपमा पाउन नसकेको समयमा विभिन्न निकायले कोरोना अस्थाई अस्पतालको लागी एम्बुलेन्स , अक्सिजन ,पानी ,कुर्सी ,आईभी स्टेन लगाएतका सामानहरु व्यापारी र सर्व साधारण वाट सहयोग दिएर संचालन गदै आएको छ भने नेपालीले कोहलपुर नगरपालिकाको करिव ७१ लाख वरावरको रकम कमिशनको पाउने भएकाले रकमान्तर गरी डिपिआर तिर रकमान्तर गरेको श्रोतले बताएको छ


कोहलपुर नगरपालिकामा कार्यरत अस्थायी, ज्यालादारी तथा करार कर्मचारीलाई नियम बिपरित बढुवा नेपालीले गरेका छन् । कोहलपुर नगरपालिकामा नेपालीको कार्यकालमा हप्तैपिच्छे विभिन्न काण्डैकाण्डले बितेको थियो ।
यति काण्ड गरेर नेपालीको सरुवाले नगरवासी जनता खुसी भएका छन् । कोहलपुर नगरपालिकामा बासगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्र बहादुर केसी आउन लागेको संघिय मामिला तथा सामान्य प्रशाासन मन्त्रालयको स्थानिय तह कमर्मचारी प्रशासन शाखाको पत्रसं ०७७÷०७८ चलानि नं. २०८३ माफत जानकारी गराईएको छ ।

३ जेष्ठ २०७८ मा प्रकाशित
Nabintech