संक्रमितको आत्मबल बढाउँदै वडाध्यक्ष शाह

पिपलबाेट संवाददाता


नेपालगञ्ज उपमहानगरपालिका १३ नं. वडा कार्यालयले वडामा कोरोना महामारी संक्रमण रोकथामको लागि वडावासीलाई अत्यावश्यकीय स्वास्थ्य सेवा निःशुल्क प्रदान गरेको छ । घरमै स्वास्थ्य लाभ गरिरहेका संक्रमितलाई केही अफ्ठेरो पर्नासाथ आफै घरमा पुग्ने गरेको वडा अध्यक्ष वीरेन्द्र बहादुर शाहले बताए । उनले वडावासी विरामीको स्वास्थ्य अवस्था बुझ्न र उनीहरुको आत्मबल बढाउन डाक्टरसहित संक्रमितको घरमा पुगेर स्वास्थ्यसेवा दिइरहेको बताए ।


उनका अनुसार, विरामीलाई आवश्यक पर्ने एम्वुलेन्स सेवा, एक्सरे, लगायत अत्याव्रयकीय स्वास्थ्य सामग्री वडा कार्यालयकै समन्वयमा उदयपुर स्वास्थ्य चौकीबाट वडावासीलाइई उपलब्ध हुँदै आएको छ ।
१३ नम्बर वडामा डा. पारस श्रेष्ठसहित उदयपुर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको टोली वडामा संक्रमित भई होमआइसोलेसनमा स्वास्थ्य लाभ गरेका संक्रमितहरुको घरमा पुगेर स्वास्थ्य परामर्श दिँदै आएको छ ।


नेपालगन्ज उपमहानगरपालिका १३ नं. वडामा हालसम्म दुई सय ५५ संक्रमित भएकोमा दुई सय जनाले कोरोना पराजित गरी निको भईसक्नु भएको छ भने अहिले ५५ जना सक्रिय संक्रमित रहेको उदयपुर स्वास्थ्य चौकीका कोरोना फोकल पर्सन हेल्थ असिस्टेन्ट राजबिर बर्नवालले बताए । संक्रमितको नाम लिस्ट गरेर भोली पुनः वडाध्यक्ष शाहको नेतृत्वमा घर घरमा गएर होमआइसोलेसनमा रहेका संक्रमितको स्वास्थ्य अवस्था बुझी आवश्यक परामर्श दिईने उनको भनाई छ ।


वडाध्यक्ष शाहले संक्रमित भएका व्यक्तिहरुको घर घरमै पुगेर चिकित्सकसहितको स्वास्थ्य सेवा प्रदान गर्दा संक्रमितहरुको मनोवल बढेको पाईएको छ । कोरोना महामारीको बेला वडा नं. १३ का वडाध्यक्ष बीरेन्द्रबहादुर शाहले असल जनप्रतिनिधिको भूमिका निर्वाह गरेको स्थानीय गंगाराम रैदासले बताए । उनले संक्रमित वडावासीलाई अत्यावश्यकीय स्वास्थ्य सामग्री तथा परामर्श दिनु राम्रो काम भएको बताउँदै निषेधाज्ञाका कारण वेरोजगार बनेका मजदुर र निम्नवर्गका जनताको लागि पनि राहतको कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए ।
आफुले जनताको लागी गरेका कामलाई सामाजिक संचाल र मिडियामा ल्याउन नचाहाने शाहले कोरोनाका विरामिहरुको सेवामा निरन्तर लागी रहेका शाह कहिले पनि आफुले यस्तो गरेको भनेर मिडियामा आउन चाहादैनन् । नेपालगन्ज वडा नं. १३ का अध्यक्ष शाह यो अध्यक्ष हुनु भन्दा पहिला स्वास्थ्य क्षेत्रमा काम गरेका कारण पनि उनि स्वास्थयमा विषयमा अलि बढि जानकार छन् ।

४ जेष्ठ २०७८ मा प्रकाशित
Nabintech