कोहलपुरको पि.वि.टि वइस्ट इण्डष्ट्रिज प्रा.लि.द्धारा स्वास्थ्य सामग्री वितरण

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिका वडा नं. ९ स्थित पिपरीमा रहेको पि.वि.टि वइस्ट इण्डष्ट्रिज प्रा.लि. कोहलपुर–९ का संचालक प्रदिप कडेल पि.बि.टि.वइस्ट प्रा.लि.ले स्वास्थ्य सामगी वितरण गरेको छ । प्रा.लि.ले नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरमा सर्जिकल माक्स २ हजार थान, एन–९५ मास्क ४० थान, इलाका प्रहरी कार्यालय कोहलपुरलाई सर्जिकल माक्स २ सय ५० थान, एन–९५ मास्क २० थान, कृषि तालिम केन्द्रको आईसोलेसन पीपरीलाई एन–९५ मास्क २ सय ६० थान, पाँच लिटर सेनिटाइजर, कोहललपुर नगरपालिकाद्धारा संचालित कोभिड अस्थाई अस्पताललाई एन–९५ मास्क २ सय ६० थान, पाँच लिटर सेनिटाईजर उपलब्ध गराईएको पि.वि.टि इन्ड्ष्ट्रिज प्रा.लि. कोहलपुर–९ का संचालक प्रदिप कँडेलले बताएका छन् । साथै प्रा.लि.ले कोहलपुर नगरपालिका वडा नं. ८ का सितल नगर, पिपरी चोक, बबा नगर, मनकामना टोलमा सर्जिकल माक्स ८ सय ५० थान, हवल्दारपुर अस्थाइ प्रहरी चौकीमा सर्जिकल माक्स २ सय ५० थान गरी कुल सर्जिकल माक्स तीन हजार चार सय र एन–९५ माक्स ५ सय ८० उपलब्ध गराईएको कँडेलले बताएका छन् ।
कोरोना भाईरसको महाविपद्मा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउँदै प्रा.लि.ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सामग्री वितरण गरिएको संचालक कँडेलले बताएका छन् । साथै उनले विभिन्न अस्पताल, आईसोलेसन सेन्टर लगायत अन्य क्षेत्रमा आवश्यकता अनुसार स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउने प्रतिवद्धता जनाउँदै कोरोना भाईरसबाट बच्नका लागि स्वास्थ्य मापदण्डको पालना गर्न सबैमा आग्रह गरेका छन् । सो स्वास्थ्य सामग्री वितरणका लागि समन्वय समाजसेवी पूर्ण प्रसाद आचार्यले गरेका थिए । उनले कोरोना भाईरसका कारण बाँकेको अवस्था चिन्ताजनक अवस्थामा रहेकोले कोरोना भाईरस रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सुरक्षाका विभिन्न उपायहरु अपनाउन सबैमा आग्रह समेत गर्दै आवश्यकता अनुसार सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।

४ जेष्ठ २०७८ मा प्रकाशित
Nabintech