निषेधाज्ञा अवज्ञा गर्ने मानिस तथा सवारी साधन नियन्त्रणमा

पिपलबाेट संवाददाता


देशभर कोरोनाको नयाँ भेरिएन्ट सहितको सक्रमण तिव्र रुपमा फैलिएको समयमा बाँके जिल्लामा निषेधाज्ञा अवज्ञा गरेर सवारी साधन संचालन गर्ने गरेकालाई बाँके प्रहरीले कावाहि गरेको छ ।


कार्वाहिमा ३१३ जना पैदल यात्री जसमा २०० पुरुष र ११५ महिला रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । ३०० वटा मोटर साईकल ,३०४ वटा अटो रिक्सा ,३६ वटा ट्याक्टर ,२० वटा पिकअप भ्यान , ११ वटा टिप्पर र १२८ साईकल यात्रीहरुलाई केहि समय होलड गरी सम्झाई बुझाई गरी छाडिएको र २२ वटा सवारी साधनलाई कारवाहि गरी ११ हजार जरिवाना गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेले वताएको छ ।

वन्दको समयमा अनावश्यक बाहिर हिड्ने र सवारी साधन चलाउने हरुलाई नियमित चेक जाँच गरी पास विना चलेका सवारी साधनलाई कावाहि गरिने जिल्ला प्रहरी कार्यालय बाँकेले वताएको छ ।

४ जेष्ठ २०७८ मा प्रकाशित
Nabintech