बाँकेमा साढे पाँच घण्टामा पाँचजना कोरोना संक्रमितको मृत्यु

पिपलबाेट संवाददाता


‍नेपालगञ्ज– बाँकेमा साढे पाँच घण्टाको अवधिमा पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ।

बिहान साढे ८ देखि दिउँसो २ बजेसम्ममा बाँके, बर्दिया र रुकुमपूर्वका ५ जना संक्रमितको मृत्यु भएको हो। बाँकेमा रातभरीमा चार जनाको मृत्यु भएको थियो। राति मृत्यु हुनेको संख्यासमेत जोड्दा ज्यान गुमाउनेको संख्या नौ पुगेको छ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ का ५१ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ। वैशाख २७ गते एन्टिजेन गरिएका उनलाई २८ गते अस्पताल भर्ना गरिएको थियो। उनको बिहान ८ः३० बजे मृत्यु भएको हो।

यस्तै नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ का ५७ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ। वैशाख १७ गते पीसीआर गरिएका उनलाई १९ गते भर्ना गरिएको थियो। उनको बिहान ८ः३५ बजे मृत्यु भएको छ।

रुकुमपूर्व पुथा उत्तरगंगाका ६० वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ। वैशाख ३१ गते रुकुममा पीसीआर गरिएका उनलाई जेठ १ गते कोहलपुरमा भर्ना गरिएको थियो। उनको बिहान ८ः४० बजे मृत्यु भएको छ।

यसैगरी नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ७ का ५० वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ। वैशाख २१ गते पीसीआर गरिएका उनलाई त्यही दिन अस्पताल भर्ना गरिएको थियो। उनको मंगलबार दिउँसो १ बजे मृत्यु भएको छ।

यस्तै बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ६ का ५७ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ। वैशाख १७ गते पीसीआर गरिएका उनलाई जेठ ३ गते भर्ना गरिएको थियो। उनको दिउँसो २ बजे मृत्यु भएको छ।

योसँगै बाँकेमा कोरोनाबाट २ सय ४५ र बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या दुई सय पुगेको छ।

५ जेष्ठ २०७८ मा प्रकाशित
Nabintech