पि.वि.टि. वइस्ट इण्डष्ट्रिज प्रा.लि.द्धारा भेरी अस्पताल र मेडिकल काउनसिललाई स्वास्थ्य सामग्री वितरण

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिका वडा नं.९ स्थित पिपरीमा रहेको निम्बस ग्रुपको पि.वि.टि वइस्ट इण्डष्ट्रिज प्रा.लि. ले स्वास्थ्य सामग्री वितरण गरेको छ । प्रा.लि.ले नेपाल भेरी अस्पताललाई एन–९५ मास्क एक हजार थान, र १० लिटर सेनिटाईजर तथा मेडिकल काउनसिललाई एन–९५ मास्क एक हजार थान उपलब्ध गराईएको पि.वि.टि इन्ड्ष्ट्रिज प्रा.लि.कोहलपुर–९ का संचालक प्रदिप कँडेलले बताएका छन् । साथै उनले कोरोना भाईरसको महाविपद्मा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउँदै प्रा.लि.ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सामग्री वितरण गरिएको कँडेलले बताएका छन् । स्वास्थ्य सामग्री आवश्यकता अनुसार उपलब्ध गराउँदै जाने बताउँदै विभिन्न अस्पताल, आईसोलेसन सेन्टर लगायत अन्य क्षेत्रमा आवश्यकता अनुसार स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् भने कोरोना भाईरसबाट बच्नका लागि स्वास्थ्य मापदण्डको पालना गर्न सबैमा आग्रह गरेका छन् । सो स्वास्थ्य सामग्री वितरणका लागि समन्वय समाजसेवी पूर्ण प्रसाद आचार्यले गरेका थिए । उनले कोरोना भाईरसका कारण बाँकेको अवस्था चिन्ताजनक अवस्थामा रहेकोले कोरोना भाईरस रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सुरक्षाका विभिन्न उपायहरु अपनाउन सबैमा आग्रह समेत गर्दै आवश्यकता अनुसार सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।

६ जेष्ठ २०७८ मा प्रकाशित
Nabintech