काठमाडौँ – नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर बिदा गर्न दलहरुलाई आह्वान गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदममा साथ दिने राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाएर बिदा गर्न थापाले दलहरुलाई आह्वान गरेका हुन्।
उनले राष्ट्रपतिले दिएको समय अगावै नयाँ सरकार गठन गरी प्रधानमन्त्री केपी ओलीलाई पनि बिदा गर्न आह्वान गरेका छन्।
‘विश्वासको मत लिन मन नलागे प्रधानमन्त्रीले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो नेतागण, के राष्ट्रपति र प्रधानमन्त्रीले थाहा नपाएर यो गरेको हो? जानेर गरेको हो’, गगनले भनेका छन्, ‘गनगन गरेर नबसौँ। सुझबुझ पुर्याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौँ,महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौँ।’
महाअभियोगको प्रस्ताव पारित हुन संसदको दुई तिहाई बहुमत चाहिन्छ।