विपक्षी गठबन्धनभन्दा १० मिनेट पहिल्यै पुगे ओली शीतलनिवास

पिपलबाेट संवाददाता


प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा १४९ जना सांसदको हस्ताक्षर लिएर नेताहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले बेलुका पाँचबजेसम्म दलहरुले संविधानको धारा ७६(५) बमोजिमको सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

विपक्षी गठबन्धन सिंहदरबारमा छलफल गर्दै शीतलनिवास पुगेको हो । तर उनीहरु पुग्नुअगावै प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुगेका छन् ।

१० मिनेट पहिले नै प्रधानमन्त्री शीतलनिवास पुगेको स्रोतले जानकारी दिएको छ ।

७ जेष्ठ २०७८ मा प्रकाशित
Nabintech