संविधानको धारा ७६(५) बमोजिमको सरकार गठनका लागि केपी शर्मा ओलीले दाबी पेस गरेका छन् ।
उनले राष्ट्रपतिसमक्ष १५३ सांसदको हस्ताक्षर बुझाएको उनका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी गराएका छन् ।
ओलीले नेकपा एमालेका १२१ र जनता समाजवादी पार्टीका ३२ जनाको हस्ताक्षर बुझाएको नेता रिमालले जनाएका छन् ।
तर ओलीले बुझाएको भनिएका हस्ताक्षरकर्ता भने अहिले विपक्षी गठबन्धनका नेता कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै शीतलनिवास पुगेका छन् ।
७ जेष्ठ २०७८ मा प्रकाशित