प्रहरीद्धारा महिलाको उद्दार

पिपलबाेट संवाददाता


अविरल वर्षाको समयमा बिहिबार विहान घास काट्न गएका महिलाई नेपाल प्रहरीले उद्दार गरेको
छ । राप्ति सोनारी गाँउपालिका वडा नं. ६ खल्लाटपरीका तिन जना महिलालाई राप्ति नदिको बाढिवाट अस्थाई प्रहरी पोष्ट फत्तेपुरको टोलीले उद्दार गरेको हो ।

विहान घास,दाउरा काटेर फर्कने क्रममा एक्कासी बाढि आउदा उनिहरु बाढिको विचमा परेका थिए । प्रहरीले उद्दार गरिएका राप्ति सोजारी गाउँ पालिका वडा नं. ६ की घुमी पुन मगर , रिता पुन मगर र झुपी बुढाथोकी रहेका छन् । उनिहरु बाढिको विचमा परेपछि प्रहरीलाई फोन गरेकाले प्रहरीले उद्दार सामाग्री सहित गएका प्रहरी ले समयमै गएर उद्दार गरेको ले माननीय क्षेति हुन सकेन ।

७ जेष्ठ २०७८ मा प्रकाशित
Nabintech