हिमानी कोष शाखा कार्यलाय बाकेद्धारा खाद्यान्न सहयोग

पिपलबाेट संवाददाता


बाँकेमा रहेको हिमानी कोष शाखा कार्यालय बाँकेले अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ । हिमानी कोष शाखा कार्यालय बाँकेले कोरोना भाईरसबाट प्रभावित भएका अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको हिमानी कोष शाखा कार्यालय बाँकेका संयोजक सरोजराज शाहीले बताएका छन् । संयोजक शाहीका अनुसार कोहलपुर नगरपालिका वडा नं. २? ११, ५ र ४ का ३६ घर परिवार र बैजनाथका ४ घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको बताएका छन् । कोरोना भाईरसका कारण खाद्यान्न समस्या भएका ४० परिवारलाई प्रति परिवार १५ किलो चामल, ३ किलो आलु२ किलो दाल, २ किलो चना, १ किलो नुन, १ लिटर तेल र १५ वटा अण्डा वितरण गरिएको संयोजक शाहीले बताएका छन् । विशेष गरी कोरोना भाईरसका कारण जारी निषेधज्ञाका कारण विपन्न परिवारलाई खाद्यान्नको अभाव भएपछि सो खाद्यान्न उपलब्ध गराईएको उनले बताएका छन् । हिमानी कोष शाखा कार्यालय बाँकेले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो खाद्यान्न सहयोग गरेको र आगामि दिनहरुमा पनि आवश्यकता अनुसार सहयोग गर्ने उनले बताएका छन् ।

८ जेष्ठ २०७८ मा प्रकाशित
Nabintech