बाँकेमा ४३१ जनामा कोभिड संक्रमण पुष्टि हुदा जिल्लाका ९५ जना मात्र

पिपलबाेट संवाददाता


जिल्लाका तीनवटा प्रयोगशालामा ६२४ नमुना परीक्षण गर्दा शनिबार थप ४३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका अनुसार भेरी अस्पताल नेपालगन्जको पीसीआर प्रयोगशालामा शनिबार ४१३ नमुना परीक्षण गर्दा ३६० जना, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा ११३ नमुना जाँच गर्दा ३२ जना र बागेश्वरी ल्याबमा ९८ नमुना परीक्षण गर्दा ३९ जना गरि कुल ४३१ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेहरु मध्य बाँकेका ९५ जना मात्र छन् । जिल्लाका ३४ जना महिला र ६१ जना पुरुष गरि कुल ९५ जनामा संक्रमण पुष्टि भएको केन्द्रको तथ्यांकमा उल्लेख छ । कुल ६९.०७ प्रतिशतमा संक्रमण पुष्टि हुदा बाँकेका २२ प्रतिशत मात्र छन् । बाँकेमा आजसम्म ७४ हजार ५३७ जनाको पीसीआर परीक्षण गरिसकिएको छ ।

संक्रमण मुक्त भएर आज थप २०३ जना डिस्चार्ज भएका छन् । जिल्लाका ९९ जना महिला र १०४ जना पुरुष कोभिड संक्रमणबाट निको भएका हुन् ।

संक्रमणका कारण बाँकेका अस्पतालमा उपचारका क्रममा गएको २४ घण्टामा १४ जनाको मृत्यु भएको छ। १४ जना मध्य जिल्लाका ४ जना छन् भने जिल्ला बाहिरका १० जना छन् ।

८ जेष्ठ २०७८ मा प्रकाशित
Nabintech