समयमै एम्बुलेन्स नआउँदा विरामीको मृत्यु

पिपलबाेट संवाददाता


समयमै एम्बुलेन्स नआउँदा सल्यानका एक बिरामीको मृत्यु भएको छ । बनगाड कुपिन्डे नगरपालिका–७, का भोलाबहादुर बुढाको शुक्रबार मृत्यु भएको हो। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई बिहीबार राति ११ बजे नगरपालिकाको आइसोलेसन पुर्‍याइएको थियो । तर स्वास्थ्यकर्मीले त्यहाँ बिरामीको उपचार असम्भव रहको भन्दै जिल्ला अस्पताल वा प्रदेश अस्पताल सुर्खेत लैजान भनेका थिए ।

त्यसलगतै एम्बुलेन्स बोलाइए पनि समयमै एम्बुलेन्स नआाउँदा उहाँलाई उपचार गर्न अन्यत्र लैजान नसकिएको र जस्ले गर्दा उहाँको आज बिहान मृत्यु भएको मृतककी आफन्त भुमा वलीले बताउनु भयो। उहाँका अनुसार कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बुढाको पीसीआर परीक्षणका लागि स्वाब सुर्खेत पठाइएको छ । नगरपालिकाले समयमै एम्बुलेन्स उपलब्ध नगराउँदा बिरामीले अकालमा ज्यान गुमाउनुपरेको मृतकका आफन्तको आरोप छ ।

८ जेष्ठ २०७८ मा प्रकाशित
Nabintech