सभामुखले भने– संसद् विघटन सर्वोच्चको फैसला विपरीत

पिपलबाेट संवाददाता


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा विघटन सर्वोच्च अदालतको संवैधानिक इजलासको २०७७ फागुन ११ गतेको फैसला विपरीत भएको बताएका छन् ।

उनले एक वक्तव्य जारी गर्दै यस्तो बताएका हुन् ।

“सम्मानित सर्वोच्च अदालतको उक्त फैसलामा अन्य विकल्प हुँदाहुँदै कसैको इच्छा वा आत्मनिष्ठरुपमा देखेको आवश्यकताका आधारमा आवधिक चुनावबाहेकको अवस्थामा जनतालाई समेत आर्थिक दायित्व पर्ने गरी प्रतिनिधि सभा विघटन गरिनु संविधानको मर्म र उद्देश्य नहुँदा त्यसतो कार्य संविधान सम्मत हुँदैन उल्लेख भएको या विशेष स्मरणीय छ,” वक्तव्यमा भनेका छन् ।

 

८ जेष्ठ २०७८ मा प्रकाशित
Nabintech