बाँकेमा २४ घण्टामा १९ जनाको मृत्यु

पिपलबाेट संवाददाता


नेपालगञ्ज – बाँकेमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै पछिल्लो २४ घण्टामा बाँकेमा १९ जनाको मृत्यु भएको छ। १९ मध्ये १५ जना बाहिरी जिल्लाका छन्।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार शनिबार अपराह्न डेढ घण्टाको बीचमा पाँच जनाको मृत्यु भएको हो। चार बजेदेखि साढे ५ बजेको बीचमा तीन जना कैलाली, बर्दिया र दाङका एक–एक जनाको मृत्यु भएको छ।

दाङ बबई गाउँपालिका–२ का ९२ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ। वैशाख ३१ गते पीसीआर गरिएका उनलाई जेठ ७ गते भेरीमा भर्ना गरिएको थियो।

बर्दिया ठाकुरबाबा नगरपालिका–७ का ३८ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ। वैशाख ३१ गते पीसीआर गरिएका उनलाई जेठ ३ गते भर्ना गरिएको थियो।

कैलाली टीकापुर नगरपालिका–१ का ६० वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ। वैशाख १० गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो। कैलाली लम्की चुहा नगरपालिका–६ की ३३ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ। वैशाख २८ गते पीसीआर गरिएका उनलाई जेठ २ गते भर्ना गरिएको थियो। कैलाली जानकी गाउँपालिका– ९ का ७५ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ। जेठ ३ गते पीसीआर गरिएका उनलाई ५ गते भर्ना गरिएको थियो।

यससँगै बाँकेमा कोरोनाबाट २ सय ७३ र बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा २ सय ३७ जनाको मृत्यु भएको छ।

८ जेष्ठ २०७८ मा प्रकाशित
Nabintech