भलिबल दिवस आज, औपचारिक कार्यक्रम नहुने

पिपलबाेट संवाददाता


काठमाडौं । सरकारले २०७४ साल जेठ ८ गते भलिबललाई राष्ट्रिय खेलको मान्यता दियो । आज कै दिन भलिबलले राष्ट्रिय खेलको मान्यता पाएको ८ वर्ष पूरा भएको छ । त्यसैले आज जेठ ८ गते, भलिबल दिवस हो ।

यस वर्ष भलिबल दिवसका अवसरमा कुनै औपचारिक कार्यक्रम नहुने भएको छ । अघिल्लो वर्ष पनि भलिबल दिवसको दिन औपचारिक कार्यक्रम गरिएको थिएन ।

सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको दिनको सम्झनामा नेपाल भलिबल संघले दिवस मनाउन सुरु गरेको हो ।
कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन घोषणा गरेकाले भलिबल संघले कुनै औपचारिक कार्यक्रमको आयोजना नगरिने बताएको छ ।

नेपालमा भलिबलको क्रेज जति छ त्यसै अनुसारको प्रतियोगिताहरु पनि भइरहेका छन् ।

८ जेष्ठ २०७८ मा प्रकाशित
Nabintech