ग्लोवल आईएमई बैंक कोहलपुरले कोभिड अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्त्रण

पिपलबाेट संवाददाता


ग्लोवल आईएमई बैंक कोहलपुरले आईतबार कोहलपुर नगरपालिकाले संचालन गरेको कोभिड अस्थाई अस्पतालको लागी आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तण गरेको छ ।
बैंकले आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोहलपुर नगरपालिकाले वडा नं. २ प्रेमनगरमा संचालन गरेको कोभिड अस्थाई अस्पताल लाई आवश्यक केहि औषधी र केहि स्वास्थ्य सामाग्री कोहलपुर नगरपालिकाकी उपमेयर संञ्जु कुमारी चौधरीलाई हस्तान्त्रण गरेको थियो ।


हस्तान्त्रण कार्यक्रमा कोहलपुर नगरपालिकाकी उपमेयर सञ्जु कुमारी चौधरीले ग्लोवल आईएमई बैंक कोरोनाका कारण विरामी पेरकाहरुलाई सहयोग पु¥याउने हेतुले गरेको सहयोगले ठुलो अर्थ लिएको वताईन । ग्लोवल आईएमई बैंकलाई सहयोगको लागी धन्यवाद दिईन् ।
यस्तै सामाग्री हस्तान्त्रण गदै ग्लोवल आईएमई बैंक लि कोहलपुरका प्रवन्धक निर्मल राज बुढाथोकीले वैंक को स्थापना कालदेखिनै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकता राखेर विभिन्न किसिमका समाजिक कार्य गदै आएकोमा यस वर्ष नगरपालिका ले संचालनमा ल्याएको कोभिड अस्पताललाई सानो भएतापनि औषधी र स्वास्थ्य सामाग्री सहयो गरेको वताए ।

 

९ जेष्ठ २०७८ मा प्रकाशित
Nabintech