बाँकेको कोहलपुरमा कोभिड खाद्य बैंकको स्थापना

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा कोभिड खाद्य बैंकको स्थापना गरिएको छ । कोरोना भाईरसका कारण जारी निधेषज्ञामा अति विपन्न परिवारमा खाद्यन्न समस्या भएपछि कोहलपुरमा कोभिड खाद्य बैंक स्थापना गरिएको छ । “रोगले होइन भोकले कोही मर्न नपरोस्” भन्ने उद्देश्यका साथ कोभिड खाद्य बैंक स्थापना गरिएको संयोजक प्रदिप भट्टराईले बताएका छन् । गाउँदेखि शहरसम्मका गरिब तथा अति विपन्न परिवारका लागि खाद्यन्न सहयोग गर्ने प्रमुख लक्ष्यका साथ कोभिड खाद्य बैंकको स्थापना गरिएको उनले बताएका छन् । कोहलपुरमा क्षेत्रमा सामाजिक कार्यमा सक्रिय यूवाहरुद्धारा सामाजिक सेवा भावका साथ बन्दाबन्दीको समयमा कोभिडका कारण प्रभावितहरुलाई हातमुख जोर्न सहयोग गर्ने हेतुले कोभिड खाद्य बैंक, कोहलपुर बाँकेको परिकल्पना गरिएको उनले बताएका छन् । साथै उनले पवित्र सामाजिक कार्यमा खाद्यन्न सहयोग गरी सामाजिक कार्यमा जोडिन सबैमा अनुरोध समेत गरेका छन् ।

१० जेष्ठ २०७८ मा प्रकाशित
Nabintech