बाँकेको कोहलपुरमा कोभिड खाद्य बैंकको स्थापना गरिएको छ । कोरोना भाईरसका कारण जारी निधेषज्ञामा अति विपन्न परिवारमा खाद्यन्न समस्या भएपछि कोहलपुरमा कोभिड खाद्य बैंक स्थापना गरिएको छ ।
“भोकले कोही मर्न नपरोस” भन्ने उद्देश्यका बाँके जिल्ल भिध बसोवास गर्ने कोभिड प्रभावितहरुलाई सहयोगार्थ कोभिड खाद्य बैंकको स्थापना गरिएकोे कोभिड खाद्य बैंकका बाँँके संयोजक प्रदिप भट्टराईले बताएका छन् । कोहलपुरका सामाजिक कार्यहरुमा सक्रिय युवाहरुद्धारा स्वस्फुर्त रुपमा सामाजिक सेवाभावका साथ बन्दाबन्दीको समयमा कोभिडका कारण थला पेका बर्ग एवं समुदायसम्म पुगि केहि राहात स्वरुप खाद्यन्न सामाग्रीहरु उपलव्ध गराउने पवित्र उद्देश्यका सार्थ यस बैंकको स्थापना गरिएको भट्टराईले वताए । उनले कोहलपुर खाद्य बैंक स्थापना भएकाले महामारीको समयमा घरमा चुलो बाल्न नसकेकाहरुका लागी सहयोग गर्न ईच्छुक ब्यक्ति ,सामाजिक संघ –संस्था ,व्यापारी उद्योगी ,राष्ट्र सेवक कर्मचारी ,नागरीक समाज र जनप्रतिनिधिहरुलाई सहयोगको लागी सबैमा अनुरोध समेत गरेका छन् ।
सोमबारनै कोहलपुर कोभिड खाद्य बैंक औपचारी रुपमा उदघाटन समेत गरिएको छ । उदघाटन कार्यक्रममा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य चक्रबहादुर अधिकारीले व्यानर पढेर बैंकको उद्घाटन गरेका थिए । बैंकको उद्घाटन कार्यक्रमा अधिकारीले नेपाल सरकारले कोभिडको भ्याक्सीन जतिसक्यो छिटो ल्याउनु पर्ने र आफुले ल्याउन नसकेमा निजि क्षेत्रलाई ल्याउन अनुमती दिनु पर्ने वताए । आफुले कोभिडका कारण आफ्नै भाई गुमाउनु परेको अवस्था जानकारी गराए । कोहलपुरका युवाहरुले संचालनमा ल्याएको यो बैंकमा आफुले आफ्नो स्वर्गिय भाई अर्जुन वहादुर अभिकारीको १३औं दिनको पुण्य तिर्थि भएकाले बाईस हजार मुल्य बरावरको खाद्य सहयोग गर्ने वताए । उनले बाँके जिल्लामा बसोवास गर्ने कोभिडका कारण भएको वन्दका कारण घरमा चुलोवाल्न गाह्रो भएकाहरुलाई सहयोग पु¥याउने यस बैंकमा आफुले सक्ने सहयोग गर्ने समेत आग्रह समेत गरे ।
यस्तै कार्यक्रमा कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले कोहलपुरमा सक्रिय युवाहरुले संचालन गरेको यस महान कार्यमा सवै क्षेत्रको सहयोगको आवश्यकता रहेको वताए । यस्तै कोहलपुर नगर पालिकाका वडा नं. १०का वडा अध्यक्ष निम वहादुर चलाउनेले हामी कोहलपुर नगर बासी जनप्रतिनिधिहरुले यस वर्ष खाद्यन्नमा ध्यान दिन नसकेको अवस्थामा युवाहरुले संचालन गरेको स्रहानिय कार्यको प्रसंसा गरे । उनले आफुहरुले पनि यसमा सक्दो सहयोग गर्ने वताए ।
उक्त कार्यक्रमा कोभिड खाद्य बैंक संचालन अभियानका सल्हाकार समेत रहेका फुलाराम थारुले अहिलेको यस महामारीबाट आफुनो हात मुख जोड्न नसकेका जनताको लागी आज स्थापना गरिएको बैंकले काम गर्ने वताए । उनले कोहलपुर क्षेत्रमा युवाहरुले कतै खाना उखाउने त कतै खाद्य बैंक संचालन गर्नु समाजमा युवाको ठुलो भुमिका देखिएको वताए । कार्यक्रमा कोभिडवाट मृत्यु भएकाहरुको सम्झनामा १मिनेट मौनधारण गरीएको थियो । कार्यक्रमको अध्यक्षता संयोजक प्रदिप भट्टराईले गरेका थिए भने कार्यक्रमको सहजिकरण युवा अभियान्ता भुम भण्डारीले गरेका थिए ।
कोभिड खाद्य बैंक संचालन अभियानमा कोहलपुर क्षेत्रका विभिन्न संघ संस्थाका आवद्ध २७ युवाहरु रहेका छन् । यस्तै ६ सदस्य सचिवालय सम्र्पक समिति र ३ सदस्य सल्हाकार समिति रहेको छ । कोभिड खाद्य बैंक कोहलपुर नगरपालिका वडा नंं ११मा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोतकेन्द्र कोहलपुरमा कोभिड खाद्य बैंक स्थापना गरिएको छ ।