कोभिड खाद्य बैंकमा पहिलो दिन १लाख बढि रकम संकलन

पिपलबाेट संवाददाता


कोभिड भाईरसका कारण जारी निधेषज्ञामा अति विपन्न परिवारमा खाद्यन्न समस्या भएपछि स्थापना भएको कोभिड खाद्य बैंकमा सोमबार एक लाख बढि रकम संकलन भएको छ ।


कोभिड खाद्य बैंकमा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य चक्र अधिकारीले स्वर्गिय अर्जुन वहादुर अधिकारीको १३ औं दिनको पुण्यतिथिको अवसरमा २२हजार वरावरको खाद्यन्न सहयोग गरेका छन् । कोहलपुर नगरपालिका वडा नं. १०का वडा अध्यक्ष निम वहादुर चलाउनेले रु २५हजारको चेक हस्तान्त्रण गरेका छन् ।

कोहलपुर वडा नंं ११ नेपालि काँग्रेसका वडा सभापति तथा समाजसेवी मोहन प्रसाद चापागाईले २५ हजार ५सय ५५ रुपैया सहयोग गरेका छन् । कोहलपुर नगरपालिका वडा नं. ५ निवासी सफल यातायात व्यवासयी गोकर्ण वलीले रु.१५हजार कोभिड खाद्य बैंकमा जम्मा गरेका थिए ।

यस्तै कोहलपुर नगरपालिका वडा नं. ३ निवासी सिद्धि टेडस्का प्रोप्राईटर केसव खनालले रु.१०हजार कोभिड खाद्य बैंकमा जम्मा गरेका थिए । कोहलपुर उद्योग वाणिज्य संघ कोहलपुरका महासचिव मात्रिका सापकोटाले रु ६हजार कोभिड खाद्य बैंकमा जम्मा गरेका थिए ।

कोहलपुर नगरपालिका वडा नं. ४ निवासी सफल युवा व्यवसायी देवानन्द अर्यालले रु.५हजार ५सय कोभिड खाद्य बैंकमा जम्मा गरेका थिए ।त्यसैगरी कोहलपुर ११का सफल व्यवसायी काठमाण्डौ सेलका प्रोप्राईटर जगदिश अग्रवालले रु ५हजारको खाद्यन्न कोभिड खाद्य बैंकमा जम्मा गरेका थिए । सवै सहयोगिहरु संग सहयोग गह्रण गर्दै कोभिड खाद्य बैंकका संयोजक प्रदिप भट्टराईले सहयोगि हातहरुलाई ह्रदय देखि धन्यवाद दिएका थिए ।

उनले कोहलपुर खाद्य बैंक स्थापना भएकाले महामारीको समयमा घरमा चुलो बाल्न नसकेकाहरुका लागी सहयोग गर्न ईच्छुक ब्यक्ति ,सामाजिक संघ –संस्था ,व्यापारी उद्योगी ,राष्ट्र सेवक कर्मचारी ,नागरीक समाज र जनप्रतिनिधिहरुलाई सहयोगको लागी सबैमा अनुरोध समेत गरेका छन् ।

१० जेष्ठ २०७८ मा प्रकाशित
Nabintech