कोहलपुर रेडक्रसद्धारा मास्क वितरण

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा रहेको नेपाल रेडक्रस सोसाईटी कोहलपुर उपशाखाले मास्क वितरण गरेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सचेतना अभियान र मास्क वितरण कार्यक्रम अन्तर्गत नेपाल रेडक्रस सोसाईटी कोहलपुर उपशाखा बाँकेको आयोजना तथा पि.वि.टि. वइस्ट इण्डष्ट्रिज प्रा.लि. कोहलपुर–९, बाँकेको सौजन्यमा मास्क वितरण गरिएको नेपाल रेडक्रस सोसाईटी कोहलपुर उपशाखाका कार्यालय प्रमुख लाल बहादुर रानाले बताएका छन् । कार्यालय प्रमुख रानाका अनुसार कोहलपुृर नगरपालिका वडा नं. १ देखि १५ सम्मका अति विपन्न सामुदायका व्यक्ति तथा परिवारलाई मास्क वितरण गरिएको हो । साथै रेडक्रसले मास्क वितरण कार्यलाई निरन्ंतरता दिई रहने भएकाले थप सहयोगका लागी सहयोगी दाताहरुलाई उनले अनुरोध गरेका छन् । रेडक्रस कोहलपुर उपशाखाले कोहलपुर नगरभित्र दुई हजार थान मास्क वितरण गरेको हो ।

११ जेष्ठ २०७८ मा प्रकाशित
Nabintech