कोहलपुर कोभिड खाद्य बैंकमा तिन लाख बढिको खाद्यन्न संकलन

पिपलबाेट संवाददाता


कोहलपुरमा संचालित कोभिड खाद्य बैँकमा सहयोगी हातहरु निरन्तर थप हुँदै दोश्रो चरणको कोरोना भाइरसका कारण जारी निधेषज्ञाका रहेको अवस्थामा अति विपन्न परिवारमा खाद्यन्न समस्या भएपछि स्थापना भएको कोभिड खाद्य बैंकमा बुधबार १ लाख एक १८ हजार १६ रुपैया बराबरको खाद्यान्न तथा नगद उपलव्ध भएको छ ।

कोभिड खाद्य बैंकमा कोहलपुर नगरपालिका वडा नं. १० निबासी कृष्ण भुगाईले आफनो स्वर्गीय बुबा टेक प्रसाद भुगाईको सम्झनामा ५ हजार १ सय ५५ रुपैया सहयोग गरेको छन् ।त्यस्तै बैजनाथ गाँउपालिका गोबिन्द बस्नेत ५ हजार ५ सय , कोहलपुर नगरपालिका वडा नं. १२ बस्ने हाल बैदेशीक रोजगारमा कार्यरत दिपक क्षेत्रीले ५ हजार ५ सय ५५ , बिजुली व्यवसायी संघ बाँकेबाट २७ हजार ५ सय बराबरको खाद्यान्न सहयोग भएको छ ।

कोहलपुर नगरपालिका वडा नं. ११ निबासी तेजेन्द्र रोकायले आफ्नो जन्मदिनको उपलक्ष्यमा ५ हजार ५ सय ५ रुपँया सहयोग गरेका छन् । कोहलपुर १० निबासी मोवायल युवा व्यवसायी उत्सव केसीले कोभिड खाद्य बैंकको लागी ५ हजार सहयोग गरेका छन् । पानस हर्वल का संचालक कोहलपुर निबासी निमकान्त भुषालले ३ हजार ५० रकम हस्तान्तरण गरेका छन् । मनकामना गुप्र कोहलपुर नगरपालिका वडा नं. ८ निबासी सफल महिला उद्यमी मिना गौडेलले कोभिड खाद्य बैँकका लागि ७ हजार ५ सय सहयोग गरेकी छिन् । कोहलपुर १४ निबासी सोभाराम यादबले २ हजार १ सय सहयोग गरेका छन् ।

कोहलपुर नगरपालिका वडा नं. ११ निबासी दिप मोवाइल होमका संचालक दिपेन्द्र भण्डारीले ५ हजार ५ सय ५० कोभिड बैँकमा रकम जम्मा गरेका छन् । कोहलपुर १० निबासी अनामिका इन्जिनियरिङ्ग कन्सटेन्सी का संचालक बिनोद भट्राईले कोभिड खाद्य बैँकमा १० हजार १ सय १ रुपँया जम्मा गरेका छन् ।

माता मनकामना आयुवेर्दिक क्लिनिक प्रालिका संचालक एव कोहलपुर जेसिज वर्ष २०२१ का अध्यक्ष राम पाण्डेले १० हजार रकम कोभिड खाद्य बैँकमा जम्मा गरेका छन् । यस्तै कोहलपुर नगरपालिका वडा नं. ३ निवासी सिद्धि टेडस्का प्रोप्राईटर केसव खनालले रु.१०हजार कोभिड खाद्य बैंकमा जम्मा गरेका थिए ।

कोहलपुर उद्योग वाणिज्य संघ कोहलपुरका महासचिव मात्रिका सापकोटाले रु ६हजार कोभिड खाद्य बैंकमा जम्मा गरेका थिए । साथै कोहलपुर नगरपालिका वडा नं.११ निबासी निलम लम्सालले आफ्नो हजुरबुबाको ११ औँ पुण्यतिथीको अवसरमा २ हजार ८ सय रुपँया कोभिड खाद्य बैँकमा जम्मा गरेकी छिन् ।

कोभिड खाद्य बैंकका संयोजक प्रदिप भट्टराईले सहयोगि हातहरुलाई ह्रदय देखि धन्यवाद व्यक्त गरेका थिए । साथै संयोजक भट्राईले कोरोना भाइरसको जोखिमको समयमा गरिब तथा असाय परिबारको चुलो निभ्न नदिनका लागि गरिएको सहयोग महान कार्य भएको बताए । उनले कोहलपुर खाद्य बैंक स्थापना भएकाले महामारीको समयमा घरमा चुलो बाल्न नसकेकाहरुका लागी सहयोग गर्न ईच्छुक ब्यक्ति ,सामाजिक संघ –संस्था ,व्यापारी उद्योगी ,राष्ट्र सेवक कर्मचारी ,नागरीक समाज र जनप्रतिनिधिहरुलाई सहयोगको लागी सबैमा अनुरोध समेत गरेका छन् ।

कोहलपुरमा संचालित उक्त कोभिड खाद्य बैंकका लागि सहयोगीहातहरु निरन्तर थप हुँदै गइरहेको संचालक समितीले बताएको छ ।उक्त संचालित कोभिड खाद्य बैँक संचालन भइरहेका बेला कोहलपुर क्षेत्रका नागरिकहरुले उदाहरणीय कार्यको शुरुवात गरेकोमा धन्यवाद व्यक्त गरेका छन् ।

 

१३ जेष्ठ २०७८ मा प्रकाशित
Nabintech