जिवन ज्योति स्कुलद्धारा स्वास्थ्य तथा खाद्य सामाग्री हस्तान्त्रण

पिपलबाेट संवाददाता


जिवन ज्योति स्कुलद्धारा स्वास्थ्य तथा खाद्य सामाग्री हस्तान्त्रण
जिवन ज्योति स्कुल कोहलपुरले स्वास्थ्य तथा खाद्यन्न सामाग्री बाढेको छ । विश्व भरी फैलिएको दोश्रो चरणको कोरोना भाइरसका कारण जारी निधेषज्ञाकाको समयमा रातदिन जनताको सेवामा हिड्ने ईलाका प्रहरी कार्यालय कोहलपुरलाई स्वास्थ्य सामाग्री र कोहलपुरका युवाहरुबाट संचालनमा ल्याएको कोभिड खाद्य बैंक लाई खाद्यन्न सामाग्री स्कुलका प्रिन्सिपल जोमन जेम्स र स्कुल व्यवस्थापन तथा प्यारेस समितिका सदस्यहरुले हस्तान्त्रण गरेकाथिए ।

कोहलपुर ईलाका प्रहरी कार्यालयलाई र्थमल गन ३ पिस, पिपिई ३ पिस, सर्जिकल माक्स २५०० पिस पञ्जा ५ प्याकेट ,माक्स एन ९५ २५० पिस , स्यानिटाईजर १०० मि.लि २५०पिस, स्यानिटाईजर ज्यालिनमा २५ लिटर र अक्सिमिटर ५ पिस गरी रु ७८ हजार मुल्य वरावरको समान हस्तान्त्रण गरेको स्कुलका लेखापाल कल्यान तिमिल्सेनाले वताए ।

 

समान हस्तान्त्रण गदै स्कुलका प्रीन्सीपल जोमन जेम्सले कोभिडको दास्रो लहरको संङकमण तथा प्रभाव रोकथाम तथा नियन्त्रणको निमित आफुहरुले ईलाका प्रहरीलाई स्वास्थ्य सामाग्री दिएको वताए । यो जोखिमको समयमा नेपाल प्रहरीलाई स्वास्थ्य सामाग्री हस्तान्त्रण गर्न पाएकोमा आफुलाई अत्यन्त खुसी लागेको स्कुलका प्रीन्सीपल जोमन जेम्सले वताए । स्वास्थ्य सामाग्री ग्रहण गदै ईलाका प्रहरी कार्यालयका प्रमुख रविन्द्र खनालले यो जोखिमको समयमा यसरी राष्ट्र सेवक प्रहरीलाई विद्यालयले समान दिएको विद्यालय परिवारलाई धन्यवाद दिएका थिए । यस्तै जीवन ज्योति स्कुलले कोहलपुरमा युवाहरु द्धारा संचालनमा ल्याएको कोभिड खाद्य बैंकलाई ७६५००वरावरको चामल हस्तान्त्रण गरेको थियो । स्कुलले अहिले सम्म माईती नेपाल नेपालगन्जलाई ४० घरको लागी खाद्य सामाग्री , कोहलपुर नगर पालिकाले संचालनमा ल्याएको अस्थाई कोभिड अस्पताललाई अक्सीजन सिलिण्डर स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको स्कुल लेखापाल कल्यान तिमिल्सेनाले वताए । यस्तै कोहलपुर नगरपालिका मा रहेको कोरोना संक्रमित भई होम आईसुलेसनमा वसेका बालबालिबा तथा बृद्ध आमा ,बुवाको लागी पौष्टिक आहार खाद्य समागी,तथा स्वास्थ्य सामाग्री १२८ जनताको लागी हस्तान्त्रण गरेको वताए ।

१४ जेष्ठ २०७८ मा प्रकाशित
Nabintech