हुलास खाद्य उद्योगद्धारा खाद्य बैंकलाई एक लाख सहयोग

पिपलबाेट संवाददाता


हुलास खाद्य उद्योगद्धारा कोहलपर खाद्य बैंकमा एक लाख एक हजार रुपैया आर्थिक सहयोग गरेका छ । कोहलपुरका सामाजिक कार्यहरुमा सक्रिय युवाहरु द्धारा सामाजिक सेवाभावका साथ बन्दाबन्दीको समयमा कोभिडका कारण थला परेका बर्ग एवं समुदाय सम्म पुगि केहि राहत स्वरुप खाद्यन्न समाग्रीहरु उपलब्ध गराउने पबित्र उद्देश्यका साथ संचालन गरेको कोभिड खाद्य बैंकमा हुलास खाद्य उद्योगद्धारा म्यानेजर एन चक्रवतीले कोभिड खाद्य बैकका संयोजक प्रदिप भट्टराईलाई रकम हस्तान्त्रण गरेका छन् ।

रमक हस्तान्त्रण गदै हुलास खाद्य उद्योगद्धारा म्यानेजर एन चक्रवतीले युवाहरुले गरेको मानवीय कार्यकोलागी सहयोग गर्न पाएको आफुलाई खुसी लागेको वताए । यस्तो घरबाट बाहिर निस्कन समेत नसकिरहेको अवस्थामा युवाहरुले घर बाहिर निश्केर मावन सेवा गरेकोमा सवै युवाहरुलाई घन्यवाद दिएका थिए । कोभिड खाद्य बैकका संयोजक प्रदिप भट्टराईले हुलास खाद्य उद्योगले आफुहरुलाई सहयोग गरेको रकम चुलो नवलेका मानिसहरुको घरमा चुलो बाल्न ठुलो सहयोग पुगेको वताए । यस्तै सहयोग रकम बुझदै नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य चक्र बहादुर अधिकारीले हुलास खाद्य उद्योगले कोहलपुर बासी जनताको लागी सधै सहयोग गदै आएकोले अहिलेको समयमा समेत सहयोग गरेकोमा धन्यवाद दिएका थिए ।

१५ जेष्ठ २०७८ मा प्रकाशित
Nabintech